नेप्सेमा भिषण पहिरो गएको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से ४३ दशमलव ८९ अंकले घटेर २५ सय १३ दशमलव ४२ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ६८ अंकले घटेर चार सय ४४ दशमलव ४३ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ४७ वटा कम्पनीहरुको ६८ हजार एक सय ३७ पटकको कारोबारमा ९३ लाख २२ हजार एक सय ८५ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम तीन अर्ब ६४ करोड ८६ लाख नौं हजार आठ सय ७८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा उत्पादनमुलक समुहको सुचक ७३ दशमलव ६४ अंकले बढेपनि बाँकी समुहहरुको सुचक उच्च अंकले घटेका छन् । ति मध्ये बाँणिज्य बैक समुहको सुचक १४ दशमलव ४० अंकले घटेर १४ सय १४ दशमलव १२ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि एक सय चार दशमलव ४६ अंकले घटेर तीन हजार चार सय ३७ दशमलव १३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय २२ दशमलव ३१ अंकले घटेर ११ हजार ६२ दशमलव ७२ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि चार सय ९० दशमलव शुन्य छ अंकले घटेर नौ हजार दुई सय ४३ दशमलव ७१ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मैलुङ खोला जलबिद्युत कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट लिमिटेड पहिलो स्थानमा परेको छ ।