मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाढी प्रभावितका लागि २ करोड ५१ लाख सहयोग

सोमबार, भाद्र १५ २०८३

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाढी प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

नेपाल लाइफले उक्त रकमको चेक नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो । कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् । कम्पनीका अनुसार सहयोग रकमले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत वितरण तथा पुनस्र्थापना कार्यमा सहयोग पुग्ने विश्वास लिइएको छ।

नेपाल लाइफले विपद्को कठिन समयमा प्रभावित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता निरन्तर कायम राख्दै विपद् तथा संकटका समयमा राज्य र समुदायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

कम्पनीले प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सम्पूर्ण नागरिकलाई आग्रहसमेत गरेको छ।