काठमाडौं असोज, ११–
गैर आवासीय नेपालीलाई लक्षित गरी ग्लोबल आइएमई बैंकले चार वटा नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ । चार नयाँ खाताहरुमा ग्लोबल एनआरएन एफसिवाई मुद्दति निक्षेप खाता र ग्लोबल एनआरएन एफसिआई बचत खाता रहेका छन् ।
अमेरिकी डलरमा खोल्न सकिने एनआरन बचत खातामा तथा मुद्दति निक्षेप वार्षिक चार प्रतिशतसम्म व्याज प्रदान गरिने छ । त्यस्तै नेपाली मुद्रामा खोलिन एनआरएन एफसिआई मुद्दति निक्षेपमा नौ दसमलव २५ प्रतिशतसम्म तथा बचत खातामा वार्षिक छ प्रतिशतसम्म ब्याज प्रदान गरिने छ ।
उक्त खाता सञ्चालकहरुलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिंदा लाग्ने वार्षिक शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने छ । साथै खातावालावा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने छ । अनलाइनबाट पनि खोल्न मिल्ने उक्तखाता सञ्चालकहरुलाई विदेशी मुद्रा सटहीमा पनि विशेष प्रिमियम प्रदान गरिने छ ।
एफसीवाई मुद्दति खाताहरु दुई वर्षदेखि तीन वर्षसम्मको अवधिको हुनेछभ ने यसमा न्यूनतम् मौज्दात १०,००० अमेरिकी डलर रहेको छ । हाल बैंकले आफ्ना १४५ शाखा, ३० वटा एक्टेन्सन तथा राजश्व संकलन काउण्टर, १८५ शाखा रहित बैंकिङ्ग सेवा, १४८ एटीएम र ३ वटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय मार्फत ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।