बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

झारा टार्नेमै सिमित बजार अनुगमन

शनिबार, असोज ११ २०७६

काठमाडौं असोज, ११– बजार अनुगमन समितिले काठमाडौं महानगरपालिका क्षेत्रमा बजार अनुगमनलाई बढावा दिएको छ । चाडपर्व नजिकिँदै जाँदा उपभोक्ता ठगिने प्रवृत्ति बढेसँगै अनुगमनलाई बढाइएको हो । महानगरक्षेत्रमा भएका चाडपर्व लक्षित अनुगमनका क्रममा विभिन्न नाममा उपभोक्ता ठगिमा गरेको पाइएको हो ।

महानगरले कपडा तथा खाद्यान्न पसल, होटल, रेस्टुरेन्ट तथा खाजाघरलगायतको अनुगमन गरेको थियो । चाडपर्वमा मात्र अनुगमन हुने भएकाले यसलाई विश्वास गर्न नसकिने उपभोक्ता बताउँछन् ।

वाणिज्य तथा आपूर्ति विभागका अनुसार हालसम्म १० वटा अनुगमन भएको छ । विभागका सहायक सूचना अधिकारी दीपक पोखरेलका अनुसार १० मध्ये ७ अनुगमनमा त्रुटि भेटिएका छन् ।

समितिले शुक्रबार सुन्धारा क्षेत्रका होटल, रेस्टुरेन्ट तथा खाजा घरको अनुगमन गरेको ग¥यो । अनुगमनबाट सरसफाइको कमी रहेको, दर्ता र नवीकरण नभएको, पोसाक, खाद्यवस्तुको गुणस्तरमा कमजोरी रहेको पत्ता लागेको बताइएको छ ।

महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ जनताको दैनिक जीवनसँग जोडिएका सवालमा हामीले आँखा चिम्लिन नमिल्ने बताउँछिन् । ‘कसैलाई मूल्य र गुणस्तरमा ठगी गर्ने छुट छैन । जनचासोका विषयमा तत्काल सावधानी अपनाउनुपर्छ,’ खड्गीले भनिन् ।

ऐनको दफा ३९ मा बजार अनुगमन, निरीक्षण, जाँचबुझ, वा खानतलासीका क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, पैठारीकर्ता, विक्रेता वा सेवा प्रदायकले कसुर गरेको देखिएमा निरीक्षण अधिकृतले तत्काल ५ हजार रुपैयाँदेखि बढीमा ३ लाख रुपैयाँसम्म जरिमाना गराउने सक्ने व्यवस्था रहेको छ ।

अहिले बजार अनुगमनको जिम्मा स्थानीय तहलाई छ । राजधानी दैनिकले खबर छापेको छ ।