मुलुकको कुल निर्यात व्यापार बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ मा कुल वस्तु निर्यात १३.८ प्रतिशतले वृद्धि भई रु.३१५ अर्ब २९ करोड पुगेको हो । अघिल्लो वर्ष यस्तो निर्यात ८१.८ प्रतिशतले वृद्धि भएको थियो।
गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १५.१ प्रतिशत र १०.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा २८.० प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, अलैंची, जुटका आदि वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामान तथा अन्य हस्तकलालगायतका वस्तुको निर्यात घटेको छ।
आर्थिक वर्ष २०८२/८३ मा कुल वस्तु आयात १६.२ प्रतिशतले वृद्धि भई रु.२०९६ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात १३.३ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः १३.० प्रतिशत, २४.७ प्रतिशत र १७.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, रासायनिक मल, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात बढेको छ भने खाने तेल, हट रोल्ड शिट इन क्वाइल, लसुन, अलकत्रा, एम.एस.विलेटलगायतका वस्तुको आयात घटेको छ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल वस्तु व्यापार घाटा १६.६ प्रतिशतले वृद्धि भई रु.१७८१ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा ६.० प्रतिशतले वृद्धि भएकोे थियो । समीक्षा वर्षमा निर्यात–आयात अनुपात १५.० प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात १५.४ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.१९७ अर्ब २५ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्ष यस्तो आयात रु.१८१ अर्ब १५ करोड बराबरको भएको थियो । वैदेशिक व्यापारको संरचना घण्। बृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा वर्षमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुकोे अनुपात क्रमशः ६९.० प्रतिशत, ३०.४ प्रतिशत र ०.६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुुपात क्रमशः ६७.७ प्रतिशत, ३१.४ प्रतिशत र ०.९ प्रतिशत रहेको थियो।
समीक्षा वर्षमा भएको कुल आयातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ३९.० प्रतिशत, ५१.४ प्रतिशत र ९.६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यी अनुपातहरू क्रमशः ३९.१ प्रतिशत, ५१.७ प्रतिशत र ९.२ प्रतिशत रहेको थियो।