शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

भोटेकोशी बाढीपछि रसुवाका २८ प्रहरी सम्पर्कविहीन

बिहिबार, भाद्र ११ २०८३

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवामा कार्यरत २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार टिमुरेमा कार्यरत १०, प्रहरी चौकी रसुवागढीका आठ, प्रहरी चौकी स्याफ्रुबेसीका तीन, अस्थायी प्रहरी पोष्ट मैलुङका पाँच, बेत्रावतीका एक र हाकु प्रहरी चौकीका एक जना प्रहरी सम्पर्कविहीन भएका हुन्।

सम्पर्कविहीन प्रहरी कर्मचारीको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजीका लागि विभिन्न स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रहरी प्रवक्ता अविनारायण काफ्लेले खोज तथा उद्धार कार्यका लागि तीन हजार ३१८ जना जनशक्ति परिचालन गरिएको जानकारी दिए।