बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध सहित पक्राउ

शुक्रबार, असोज १० २०७६

काठमाडौं, असोज १० । काठमाडौं महानगरपालिका १२ टेकुस्थित सडक किनाराबाट अवैध लागूऔषध चरेश १ केजी ३ सय ग्राम सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका १ ठेगाना भएका १९ वर्षीय रामबहादुर मिजार, रामेछाप काँडादेवी गाउँपालिका ७ ठेगाना भएका १९ वर्षीय प्रज्वलराज श्रेष्ठ र नुवाकोट म्यागम गाउँपालिका ६ ठेगाना भएका ३१ वर्षीय आस्मा लामा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  

यसैगरी सर्लाहीको बसबरिया गाउँपालिका २ मानपुरबाट बा.३७ प ३००१ नम्बरको मोटरसाइकल चालक बरहथवा नगरपालिका १० सितापुर बस्ने २८ वर्षीय राजन राउतलाई अवैध लागूऔषध गाँजा करिब ६ केजी सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मानपुरबाट खटिएको प्रहरीले मोटरसाइकल जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

सुनसरीको दुहबी नगरपालिका ७ भलुवा मुसहरी टोल बस्ने ६५ वर्षीय हकिम पासवानलाई अवैध लागूऔषध गाँजा १ केजी सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले पासवानको घर तलासी गर्दा घरमा लुकाइ छिपाई राखेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।