मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

नेप्सेमा पुन गिरावट,  पाँच अंकले घट्दा चार अर्ब १० करोडको कारोबार

मंगलबार, भाद्र ९ २०८३

नेप्से पुन घटेको छ । अघिल्लो दिन १९ दशमलव १३ अंकले घटेको नेप्से आज मंगलबार पनि पाँच दशमलव ३० अंकले घटेर २५ सय ९४ दशमलव २७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५० अंकले घटेर चार सय ५७ दशमलव ६७ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ५७ वटा कम्पनीहरुको ४६ हजार पाँच सय ८९ पटकको कारोबारमा एक करोड ४४ हजार एक सय ६४ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम चार अर्ब १० करोड ९७ लाख ५१ हजार सात सय ३० रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा बिकास बैंक समुहको सुचक चार दशमलव ८४ अंकले बढेर ५४ सय ६० दशमलव ४० अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ३७ दशमलव २६ अंकले बढेर १० हजार तीन सय ३९ दशमलव ६५ अंकमा पुगेको छ । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ५३ अंकले घटेर १४ सय ३७ दशमलव १३ अंकमा पुगेको छ भचने जलबिद्युत समुहको सुचक पनि १५ दशमलव ८१ अंकले घटेर तीन हजार छ सय ६५ दशमलव ६२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि १० दशमलव ६५ अंकले घटेर ११ हजार चार सय ८८ दशमलव २८ अंकमा पुगेको छ भने फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्वोत्तम पेन्ट्स इष्डष्ट्रिज लिमिटेड परेको छ भने भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा धौलागिरी लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा मकर जितुमाया सुरी हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ ।