मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

नबिल बैंकको डीसीईओमा अवस्थीको बढुवा

मंगलबार, भाद्र ९ २०८३

नबिल बैंकका नायब महाप्रबन्धक (डीजीएम) गणेश प्रसाद अवस्थी नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा बढुवा भएका छन्। सोमबार बसेको सञ्चालक समितिको बैठकले उनलाई डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो।

दुई दशकभन्दा बढी बैंकिङ अनुभव भएका अवस्थीले सन् २००१ मा तत्कालीन एनआईसी बैंकबाट करियर सुरु गरेका थिए। कुमारी बैंक र ग्लोबल आइएमई बैंकमा उच्च व्यवस्थापनमा काम गरेका उनी चार वर्षअघि नबिल बैंकमा एजीएमका रूपमा प्रवेश गरेका थिए।

क्रेडिट व्यवस्थापन, निक्षेप परिचालन र ग्राहक सेवामा अनुभवी अवस्थीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। उनले हार्वर्ड बिजनेस स्कुलबाट रणनीति विषयमा समेत अध्ययन गरेका छन्।