मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

नेप्सेमा उच्च अंकले गिरावट, १९ अंकले घट्दा तीन अर्ब २३ करोडको शेयर किनबेच

सोमबार, भाद्र ८ २०८३

नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से १९ दशमलव १३ अंकले घटेर २५ सय ९९ दशमलव ५८ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १७ अंकले घटेर चार सय ५८ दशमलव १८ अंकमा झरेको छ । नेप्सेमा आाज तीन सय ५० वटा कम्पनीहरुको ५३ हजार एक सय ५३ पटकको कारोबारमा ८५ लाख ७२ हजार नौं सय ७० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब २३ करोड ९७ लाख ६० हजार पाँच सय ४९ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक नौं दशमलव ८१ अंकले घटेर १४ सय ३७ दशमलव ६६ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ४४ दशमलव ५० अंकले घटेर तीन हजार छ सय ८१ दशमलव ४४ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि ९४ दशमलव ४८ अंकले घटेर ११ हजार चार सय ९८ दशमलव ९३ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय १६ दशमलव ७५ अंकले घटेर १० हजार तीन सय दुई दशमलव ३८ अंकमा झरेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज नेपाल परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पञ्चकन्यामाई हाईड्रोपावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने रिलायन्स स्पीनिङ मिल्स लिमिटेड पहिलो स्थानमा परेको छ।