बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विहीबारका दिन देवताका गुरु बृहस्पति र भगवान विष्णुको पूजा

बिहिबार, असोज ९ २०७६

 हरेक बार मानिसहरुले विभिन्न देवी देवताहरुको पूजा अर्चना गर्ने गर्छन् । बार अनुसार नै भगवानको पूजा गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको लागि समर्पित छ । यो दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ ।  पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ ।

साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ । सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी–देवता छन् । यी सबै देवी–देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन ।

त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ । यद्यपि, कुनै–कुनै दिनमा भने विशेष देवी–देवताको पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ ।

त्यसो त राशिचक्र अनुसार  धनु र मीन राशिका स्वामी पनि बृहस्पतिलाई नै मानिन्छ । ज्ञान र बुद्धिका  दाता समेत मानिन्छ । त्यसैले विहीबारका दिन बृहस्पतिको पूजा गरिन्छ ।