नेप्से बढेको छ । अघिल्लो दिन शुन्य दशमलव २६ अंकल घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बिहिबार सात दशमलव १७ अंकले बढेर २६ सय २९ दशमलव ४० अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८८ अंकले बढेर चार सय ६२ दशमलव ८९ अंकमा पुगेको छ । तीन सय ४५ वटा कम्पनीहरुको ४७ हजार नौं सय १९ पटकको कारोबारमा ९५ लाख सात सय ६६ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम चार अर्ब ४० करोड १४ लाख नौं हजार आठ सय ५८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा छ वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दशमलव १८ अंकले बढेर १४ सय ४८ दशमलव १५ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि एक दशमलव ३९ अंकले बढेर ११ हजार छ सय ३५ दशमलव १० अंकमा पुगेको छ । जलबिद्युत, लगानी, उत्पादनमुलक र अन्य समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक भने २० दशमलव ५६ अंकले घटेर पाँच हजार पाँच सय ११ दशमलव ८५ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ५० दशमलव ६३ अंकले घटेर १० हजार चार सय २४ दशमलव ३४ अंकमा पुगेको छ । फाईनान्स, होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुमारी धनबृद्धि योजना परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने कृषि बिकास बेंकको ऋणपत्र (९ बर्षे) पहिलो स्थानमा परेको छ ।