मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

कोलम्बिया भूकम्प : मृतकको संख्या २६५ पुग्यो, आर्थिक संकटकाल घोषणा गरिँदै

बिहिबार, साउन २८ २०८३

काठमाडौं । कोलम्बियामा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २६५ पुगेको छ। राष्ट्रपति अबेलार्डो दे ला एस्पिएलाले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार भूकम्पमा परी ३ हजार ४९४ जना घाइते भएका छन् भने ४९६ जना अझै बेपत्ता छन्।

राष्ट्रपति दे ला एस्पिएलाका अनुसार भूकम्पबाट ५३ हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। पश्चिमी कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको भूकम्पले घर, अस्पताल, विद्यालय तथा अन्य पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको छ।

विपद्पछिको राहत, उद्धार तथा पुनर्निर्माण कार्यलाई तीव्र बनाउन सरकारले ‘आर्थिक संकटकाल’ घोषणा गर्ने तयारी गरेको छ। यसबाट आपत्कालीन राहत र पुनर्निर्माणका लागि आवश्यक स्रोत तथा निर्णय प्रक्रिया छिटो अघि बढाउन सरकारलाई सहज हुने अपेक्षा गरिएको छ।

राष्ट्रपति दे ला एस्पिएलाले अहिले सरकारको सम्पूर्ण ध्यान बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धारमा केन्द्रित रहेको बताएका छन्। उद्धार टोलीले भग्नावशेषमा फसेकाहरूको खोजीलाई तीव्र बनाएका छन्।

-एजेन्सी