काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका गायक सन्तोष परियारको नयाँ तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक भएको छ।
तीज पर्वको मौलिकता, उमंग र सांस्कृतिक रंगलाई समेटिएको गीतमा सन्तोष परियार र चर्चित गायिका शान्तिश्री परियारको स्वर रहेको छ।
गीतमा दिपेश राज पुरीको शब्द तथा दिपकराज विश्वकर्माको लय रहेको छ । जसमा सन्जय श्रीपालीले संगीत संयोजन गरेका छन्।
तीजको मौलिक भाका, नाचगान र उत्सवको वातावरणलाई केन्द्रमा राखिएको गीतले नेपाली मौलिक लोकसंस्कृतिलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।
‘कमरु फिन्फिनी’को निर्देशन तथा कोरियोग्राफी प्रशान्त मगर र श्याम पटेलले गरेका हुन्।
गीतको भिडियोमा आकर्षक नृत्य तथा तीजको उल्लासपूर्ण वातावरणलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। जसम दोहोरी चर्चित मोडल जुना बिश्कर्मा र सन्तोष परियारको उकृष्ट नृत्य तथा अभिनय रहेको छ ।
भिडियोको छायांकन विशाल थापाले गरेका छन्, भने प्रविण भट्टले सम्पादन गरेका हुन्। त्यस्तै, भिडियोको श्रृङ्गार सोनिका गजमेरले गरेकी छन्।
नेपाली नारीहरूको प्रमुख पर्वका रूपमा मनाइने तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘कमरु फिन्फिनी’ले तीजको सांगीतिक माहोललाई थप रंगीन बनाउने विश्वास गरिएको छ।
गीत सार्वजनिक भएसँगै दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।
गीत तथा भिडियो सन्तोष परियार अफिसियल युट्युब लगायत विभिन्न डिजिटल प्लेटफर्ममार्फत दर्शक–स्रोतामाझ सार्वजनिक गरिएको छ।
तीजको रमाइलो, नाचगान र नेपाली मौलिक संस्कृतिको झल्को दिने भएकाले ‘कमरु फिन्फिनी’ यस वर्षको चर्चित तीज गीतमध्ये एक बन्ने अपेक्षा गरिएको गायक तथा मोडल सन्तोष परियारले बताएका छन् ।
सन्तोष परियार एक राष्ट्र सेवक पनि हुन् । उनी बिगत दश बर्षदेखि नेपाल प्रहरीमा रहेर देश र जनाताप्रति आफूलाई समर्पित गराउँदै आएका छन् ।