मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

झिनो अंकले बढ्यो नेप्से, शुन्य दशमलव ५५ अंकले बढ्दा तीन अर्ब ५३ करोडको शेयर किनबेच

बुधबार, साउन २७ २०८३

नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन शुन्य दशमलव ७९ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज बुधबार पनि शुन्य दशमलव ५५ अंकले बढेर २६ सय ४२ दशमलव ४० अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३९ अंकले बढेर चार सय ६३ दशमलव ६१ अंकमा पुगेको छ । तीन सय ४८ वटा कम्पनीहरुको ४३ हजार नौं सय ९० पटकको कारोबारमा ८७ लाख एक हजार नौं सय ४४ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार कारोबार रकम तीन अर्ब ५३ करोड २१ लाख पाँच हजार पाँच सय १८ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन्् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ७७ अंकले बढेर १४ सय ५५ दशमलव ४१ अंकमा पुगेको छ भने फाईनान्स, होटल तथा पर्यटन, लगानी र सामुहिक लगानी कोष समुुहको सुचक पनि बढेकाछन् । यि बाहेक बिकास बैंक समुहको सुचक १२ दशमलव ६६ अंकले घटेर पाँच हजार पाँच सय ७२ दशमलव ७३ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि १८ दशमलव ३१ अंकले घटेर ११ हजार सात सय ४७ दशमलव ५२ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि पाँच दशमलव ४० अंकले घटेर १० हजार पाँच सय ६१ दशमलव ३० अंकमा पुगेको छ भने जलबिद्युत, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि घटेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आईसीएफसी फाईनान्स ऋणपत्र २०८३ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड पहिलो स्थानमा परेको छ ।