नेप्से बढेको छ । अघिल्लो दिन नौं दशमलव शुन्य चार अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज मंगलबार शुन्य दशमलव ७९ अंकले बढेर २६ सय ४१ दशमलव ८५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८५ अंकले बढेर चार सय ६२ दशमलव २२ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ४० वटा कम्पनीहरुको ५२ हजार ७३ पटकको कारोबारमा ९५ लाख ३४ हजार दुई सय २१ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम रकम चार अर्ब ११ करोड नौं लाख ७४ हजार छ सय ७४ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा छ वटा समुहहरुको सुचक बढेपनि बाँकी समुहहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दशमलव ६७ अंकले बढेर १४ सय ५४ दशमलव ६४ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ११ दशमलव ५१ अंकले बढेर ११ हजार सात सय ६५ दशमलव ८४ अंकमा पुगेको छ । जलबिद्युत, होटल तथा पर्यटन, लगानी र अन्य समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक पाँच दशमलव ७८ अंकले घटेर पाँच हजार पाँच सय ८५ दशमलव ४० अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ४३ दशमलव शुन्य छ अंकले घटेर १० हजार पाँच सय ६६ दशमलव ७० अंकमा पुगेको छ । फाईनान्स, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अपर लोहोरे खोला हाईड्रोपावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा महिला लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने मिड सोलु हाईड्रोपावर लिमिटेड पहिलो स्थानमा परेको छ