काठमाडौं । सिर्जनात्मक तथा डिजिटल सामग्री उत्पादनलाई लक्षित गर्दै भइस क्रिएशन स्टुडियो सञ्चालनमा आएको छ। काठमाडौंस्थित रेडन पुल नजिकै, आत्मज्ञान अगाडि स्टुडियो स्थापना गरी सेवा सुरु गरिएको हो।
स्टुडियो पृतम गुरुङ, गणेश गुरुङ, कृष्ण लामिछाने र तेजेन्द्र दुराको संयुक्त पहलमा सञ्चालनमा आएको हो। पछिल्लो समय डिजिटल माध्यममा भिडियो, अडियो तथा अन्य सिर्जनात्मक सामग्रीको माग बढ्दै गइरहेको अवस्थामा गुणस्तरीय सामग्री उत्पादनका लागि स्टुडियो सञ्चालनमा ल्याइएको सञ्चालकहरूले बताएका छन्।
भइस क्रिएशन स्टुडियोले सिर्जनात्मक सामग्री उत्पादन तथा रेकर्डिङसँग सम्बन्धित विभिन्न सेवाहरू उपलब्ध गराउने जनाएको छ। कलाकार, सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर तथा विभिन्न व्यक्ति र संस्थाका लागि आवश्यक सामग्री उत्पादन गर्न सहज वातावरण निर्माण गर्ने स्टुडियोको उद्देश्य रहेको छ।
सञ्चालक पृतम गुरुङ, गणेश गुरुङ, कृष्ण लामिछाने र तेजेन्द्र दुराका अनुसार आधुनिक प्रविधि र सिर्जनशीलतालाई प्राथमिकता दिँदै स्टुडियोलाई व्यावसायिक तथा भरपर्दो सिर्जनात्मक केन्द्रका रूपमा विकास गर्ने योजना रहेको छ।
डिजिटल सामग्री उत्पादनमा रुचि राख्ने नयाँ पुस्ताका सिर्जनाकर्मीलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले स्टुडियोले आगामी दिनमा विभिन्न सिर्जनात्मक गतिविधि सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।
भइस क्रिएशन स्टुडियो रेडन पुल नजिकै, आत्मज्ञान अगाडि रहेको छ।