बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।
नागेन्द्र साह यसअघि नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। यसअघि निगमको कार्यकारी निर्देशकका रूपमा चण्डिका भट्ट कार्यरत थिए। सरकारले पूर्ववत् नियुक्तिहरू खारेज गरेपछि उनी पदमुक्त भएका थिए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत साह कार्यकारी निर्देशक पदमा छनोट भएका हुन्।
यस पदका लागि प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव पनि प्रतिस्पर्धामा थिए। उनीहरूलाई पछि पार्दै साह कार्यकारी निर्देशकमा नियुक्त भएका हुन्।