ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब २२ करोड७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा २२.६७प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आवमा बैंकले ५ अर्ब७करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत असार मसान्तसम्म ४ खर्ब ३९ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कर्जा प्रवाह पनि वृद्धि भएको छ । त्यस्तै, बैंकको निक्षेप संकलन २१.५३ प्रतिशतले बढेर ६ खर्ब ६९ अर्ब १७करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी भने सामान्य रूपमा घटेको छ । गत आर्थिक वर्षमा १६ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले अघिल्लो आर्थिक वर्षमा १६ अर्ब ६७करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) घट्नु र कर्जा असुलीमा आएको सुधार मुख्य कारण बनेको छ । अघिल्लो आर्थिक वर्षको ५ अर्ब ९७करोड ८५ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज २०.२४ प्रतिशतले घटेर ४ अर्ब७८ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ । यसैगरी बैंकको सञ्चालन नाफा २०.०३ प्रतिशतले बढेर ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा सञ्चालन नाफा७अर्ब २३ करोड ३१ लाख रुपैयाँ थियो ।
बैंकको सम्पत्ति गुणस्तरमा पनि उल्लेखनीय सुधार देखिएको छ । खुद खराब कर्जा (नेट एनपीएल) अघिल्लो आर्थिक वर्षको १.२२ प्रतिशतबाट घटेर ०.५९ प्रतिशतमा झरेको छ । यसले बैंकको कर्जा व्यवस्थापन र असुली प्रणाली थप सुदृढ भएको संकेत गरेको छ ।
लाभांश वितरण क्षमतामा पनि बैंकले उल्लेख्य सुधार गरेको छ । नियामकीय समायोजनपछिको वितरणयोग्य खुद नाफा ३ अर्ब ५७करोड ५४ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो वर्षको सञ्चित नाफा तथा नगद लाभांश समायोजनपछि कुल वितरणयोग्य नाफा ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ पुगेको छ । साधारण सेयरधनीका आधारमा प्रतिसेयर वितरणयोग्य नाफा १२ रुपैयाँ २ पैसा कायम भएको बैंकले जनाएको छ । यस अवधिमा बैंकको कुल सम्पत्ति ६ खर्ब ८८ अर्ब ८० करोड रुपैयाँबाट बढेर ८ खर्ब २० अर्ब७७करोड रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पुँजी ३६ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको छ भने सञ्चित नाफा र अन्य जगेडा कोषसहित कुल इक्विटी ६९ अर्ब ८० करोड ६२ लाख रुपैयाँ पुगेको छ ।
वित्तीय सूचकहरूको विश्लेषण गर्दा ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षमा नाफा, निक्षेप, कर्जा विस्तार, सम्पत्तिको आकार, लाभांश वितरण क्षमता तथा सम्पत्ति गुणस्तर सबै प्रमुख सूचकमा सकारात्मक सुधार हासिल गरेको देखिन्छ । विशेषगरी खुद नाफा २२.६७प्रतिशतले बढ्नु, शुद्ध खराब कर्जा आधाभन्दा बढी घटेर ०.५९ प्रतिशतमा झर्नु तथा ४ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी वितरणयोग्य मुनाफा कायम हुनुलाई बैंकको वित्तीय अवस्था थप सुदृढ बन्दै गएको संकेतका रूपमा हेरिएको छ ।