बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै

मंगलबार, साउन १९ २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गर्ने भएका छन्।

बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका उपायहरूको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका तथा वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन अर्थमन्त्री वाग्लेले बैंकका सीईओहरूलाई छलफलमा बोलाएका हुन् ।

मन्त्रालयमा मंगलबार दिउँसो ३ बजे हुने छलफलमा २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सहभागी हुने जनाइएको छ।

छलफलमा बजेटमा समेटिएका आर्थिक सुधारका कार्यक्रम कार्यान्वयन, वित्तीय बजारको अवस्था तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने बताइएको छ।