स्मार्ट अपलायन्सेस् प्रालि–के एल दुगड ग्रुप अन्तर्गतको कम्पनीले दशैं तथा तिहारको अवसरमा स्काईवर्थ होम अपलायन्सेस्मा स्काइवर्थ ग्राण्ड छुट उत्सव सार्वजनिक गरेको छ ।
यो क्याम्पेनको नारा स्काईवर्थ सँग सबै दङ्ग ३० प्रतिसतसम्म छुट पाइ सबै फुरुङ्ग रहेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले हरेक स्काई वर्थ होम अपलायन्सेस्को खरिदमा ३० प्रतिसतसम्मको छुट प्राप्त गरेर यस चाडपर्वलाई अझै विशेष बनाउन सक्नेछन् ।
गत ४ वर्षदेखि स्काईवर्थले नेपाली बजारमा निकै लोकप्रियता कमाईरहेको छ र देशभरका उपभोक्ताहरुको शिर्ष रोजाई बन्दै आइरहेको छ । स्काई वर्थ होम अपलायन्सेस् दशकदेखि विश्वभरका उपभोक्ताहरुको दिगो, विश्वाशीलो र भरपर्दो उत्पादन बनेको छ ।
एक उत्कृष्ट ब्राण्ड स्काई वर्थले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउदै आइरहेको छ । ग्राहकहरुले यो ब्राण्ड मार्फत नयाँ अनुभव बटुल्ने अवसर पाउनुका साथै यो चाडपर्वलाई अझै विशेष बनाउन सक्नेछन् भन्ने स्काई वर्थको विश्वास रहेको छ ।