मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

नेप्सेमा उच्च गिरावट, ३३ अंकले घट्दा छ अर्ब आठ करोडको शेयर किनबेच

सोमबार, साउन ११ २०८३

नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से ३३ दशमलव २८ अंकले घटेर २७ सय एक दशमलव ३२ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९८ अंकले घटेर चार सय ७१ दशमलव ४९ अंकमा पुगेको छ । तीन सय ६० वटा कम्पनीहरुको ६९ हजार आठ सय तीन पटकको कारोबारमा एक करोड ३९ लाख २५ हजार तीन सय ३७ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम छ अर्ब आठ करोड आठ लाख ६३ हजार तीन सय ५४ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदो बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ६३ अंकले बढेर १४ सय ९० दशमलव ७५ अंकमा पुगेकोमा सामुहिक लगानी कोष समुहको सुचक पनि बढेको छ । यि बाहेक बाँकी समुहको सुचक भने घटेकाछन् । जसमध्ये बिकास बैंक समुहको सुचक एक सय छ दशमलव ८० अंकले घटेर पाँच हजार सात सय ३३ दशमलव ९६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ७२ दशमलव ५५ अंकले घटेर तीन हजार सात सय ४३ दशमलव ५६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ५४ दशमलव ८२ अंकले घटेर १२ हजार एक सय ६४ दशमलव ७६ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ३३ दशमलव ५३ अंकले घटेर १० हजार आठ सय ७५ दशमलव १८ अंकमा पुगेको छ । फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एभरेष्ट कलर ल्याव लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीह्रुको सुचीमा भने रिलायन्स स्पीनिङ मिल्स लिमिटेड पहिलो स्थानमा परेको छ ।