मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

कक्रोच आन्दोलनका: सीजेपी–सरकार वार्ता: दुई मागमा सैद्धान्तिक सहमति, धर्मेन्द्र प्रधानको राजीनामाबारे भोलिसम्म जवाफ

शुक्रबार, साउन ८ २०८३

कक्रोच जनता पार्टी (सीजेपी)का प्रवक्ता आशुतोष रांकाले केन्द्र सरकारसँग भएको वार्तामा आन्दोलनका दुई मागमा सैद्धान्तिक सहमति भएको बताएका छन्।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले सरकारले नीट प्रश्नपत्र चुहावटबाट प्रभावित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा आन्दोलनकारीविरुद्ध कुनै कानुनी कारबाही नगर्ने मागमा सैद्धान्तिक सहमति जनाएको जानकारी दिए।

रांकाका अनुसार केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागबारे निर्णय सुनाउन सरकारले भोलिसम्मको समय मागेको छ।

शुक्रबार दिल्लीस्थित विठ्ठलभाई पटेल हाउसमा सीजेपीका प्रतिनिधि र केन्द्र सरकारका मन्त्री जेपी नड्डा तथा डा. जितेन्द्र सिंहबीच वार्ता भएको थियो।

रांकाले वार्ताका क्रममा आन्दोलनप्रति जनतामा बढ्दो आक्रोश र असन्तुष्टिबारे दुवै केन्द्रीय मन्त्रीलाई जानकारी गराइएको बताए।