बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काठमाडौंबाट १३ लाख नगतसहित १ युवक पक्राउ

सोमबार, भाद्र ३० २०७६

स्रोत नखुलेको नगद रकम र केही थान चेकसहित काठमाडौंबाट १ जना युवक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ का २२ वर्षीय उमेश कुमार मगरलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।

प्रदेश नम्बर ३–०२–००५ प ६१५२ नम्बरको स्कुटरमा सवार मगरसँग शंकास्पद अवस्थामा १३ लाख ९ हजार ७ सय ५ रुपैयाँ फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनको साथबाट विभिन्न बैंक तथा वित्तिस संस्थाका गरी ४१ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको चेकहरु समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका उमेशमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।