काठमाडौं, भदौ २९ । नेप्सेमा भिषण पहिरो गएको छ । साताको पहिलो दिन आईतबार नेप्से १७ दसमलव ८७ अंकले घटेर ११ सय ४० दसमलव शुन्य एक अंकमा झरेको छ भने सेन्सिटिभ तीन दसमलव ७९ अंकले घटेर दुुई सय ५० दसमलव एक अंकमा झरेको छ ।
आज एक सय ६२ कम्पनीहरुको सात हजार दुुई सय ३९ वटा कारोवारमा १० लाख ९० हजार दुई सय १८ कित्ता सेयर किनबेच हुुंदा सेयर कारोवार रकम २८ करोड ८० लाख ९९ हजार नौ सय १२ रुपैयाँ पुुगेको छ ।
आज ११ वटा समुहको कारोवार हुुंदा ११ वटै समुहको सुचक घटेर नेप्से रातै भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुुचक १९ दसमलव ६९ अंकले घटेर एक हजार ४६ दसमलव ५० अंकमा पुुग्दा बिकास बैंक समुहको सुचक १५ दसमलव २९ अंकले घटेर १५ सय ४९ दसमलव ५१ अंकमा पुुगेको छ ।
जलबिद्युुत समुहको सुचक पनि १६ दसमलव ७४ अंकले घटेर नौ सय ३८ दसमलव ७९ अंकमा पुुगेको छ । यि बाहेक लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।
कमाउने कम्पनीको सुचीमा आज रिलायन्स फाईनान्स, सिन्धुु बिकास बैंक आदि परेकाछन भने गुुमाउने कम्पनीहरुको सुचीमा गणपती माईक्रो फाईनान्स, हिमालयन ऊर्जा बिकास कम्पनी आदि परेकाछन ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल बैंक आदि परेकाछन ।