नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन सात दशमलव ५० अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार ७९ दशमलव ७४ अंकले बढेर २६ सय ७७ दशमलव ५४ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ५१ अंकले बढेर चार सय ६८ दशमलव ३८ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ३५ वटा कम्पनीहरुको ५८ हजार ९४ पटकको कारोबारमा एक करोड तीन लाख ८९ हजार ७७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ५७ करोड ५० लाख ९४ हजार सात सय २३ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले घटेपनि बाँकी १२ वटा समुहहरुको सुचक उच्च अंकले बढेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३४ दशमलव ४३ अंकले बढेर १४ सय ६० दशमलव ६० अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि एक सय ६२ दशमलव ३१ अंकले बढेर तीन हजार छ सय ९९ दशमलव ६१ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि तीन सय २८ दशमलव १२ अंकले बढेर १२ हजार दुई सय ६६ दशमलव ३७ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय २८ दशमलव ८९ अंकले बढेर ११ हजार ४३ दशमलव १२ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा श्रीनगर एग्रीटेक लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा आखुखोला जलबिद्युत कम्पनी लिमिटेड परेको छ ।