बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विश्व प्रेस काउन्सिलको महासचिवमा नेपालबाट किशोर श्रेष्ठ चयन

शनिबार, भाद्र २८ २०७६

नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा चयन भएका छन् ।

अजरबैजानको बाकुमा शुक्रबार भएको विश्व प्रेस काउन्सिलको सम्मेलनबाट श्रेष्ठ महासचिवमा चयन भएका हुन् । नेपाल प्रेस काउन्सिल विश्व प्रेस काउन्सिलको सदस्य हो ।

काउन्सिलको अध्यक्षमा प्रा‍‍ डा सुले अकर (साइप्रस), उपाध्यक्षमा अफ्लातुन अमासोभ (अजरबैजान), कोषाध्यक्षमा डा तामेर अताबारुत (टर्की) चयन भएका छन् । 

सम्मेलनमा टर्की, भारत, श्रीलङ्का, केन्या, तान्जानिया, जिम्बाब्वे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बङ्गलादेश, साइप्रस, सेसेल्स, मालाबी, म्यान्मारसहितका देश सहभागी थिए ।