नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन छ दशमलव ११ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज बुधबार पनि १४ अंकले बढेर २५ सय ९० दशमलव २९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५९ अंकले बढेर चार सय ५३ दशमलव ९४ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ६२ वटा कम्पनीहरुको ३८ हजार आठ सय ३६ पटकको कारोबारमा ८४ लाख ७३ हजार १६ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम चार अर्ब १७ करोड तीन लाख ९८ हजार ४९ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको छ । जसमध्ये लगानी समुहको सुचक शुन्य दशमलव ४४ अंकले घट्दा सामुहिक लगानी कोष समुहको सुचक स्थिर देखिएको छ । यि बाहेकका बाँकी समुहहरुको सुचक भने बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १० दशमलव ४८ अंकले बढेर १४ सय १७ दशमलव ३२ अंकमा चढेको छ भने जलबिद्युत समुहको सुचक पनि १६ दशमलव ८८ अंकले बढेर तीन हजार पाँच सय ४९ दशमलव ३६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ६४ दशमलव ८८ अंकले बढेर ११ हजार नौं सय चार दशमलव ६६ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय १० अंकले बढेर १० हजार छ सय ९४ दशमलव ४९ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनएमबी बैंकको ऋणपत्र २०९० परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा उपकार लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन बैंकको ऋणपत्र २०८३ पहिलो स्थानमा परेको छ ।