नेपालको सबैभन्दा ठूलो पर्व बडादशैंको अवसर पारेर नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले आरम्भ गरेको उपभोक्ता प्रवद्र्धन योजना “टिभिएस दशैंको दौड” ले सबैलाई दौडमा निःशुल्क भाग लिने अवसर दिएको छ ।
टिभिएस शोरुममा नगइक नै वा टिभिएस बाइक नकिनेर पनि सहभागी बन्नपाइने गजबको अफर रहेको यस योजनाको एक महत्वपूर्ण पक्ष रमाइलो म्याराथन दौड हो ।
देशका विभिन्न भागहरुमा यस प्रकारको म्याराथन दौड संचालन गर्ने लक्ष्य बोकेको जगदम्बा मोटर्सले यही भाद्र २८ गते शनिबार काठमाडौंमा पहिलो पटक यो “टिभिएस दशैंको दौड” अन्तर्गतको म्याराथन दौडको आयोजना गर्ने भएको छ ।
उक्त दिन विहान ७ बजेदेखि शुरु हुने यो रमाइलो दौडको विषयमा प्रकाश पार्दै कम्पनीका उपाध्यक्ष दीपक अग्रवालले भने “दशैंको चहल पहलले हामीलाई छोइसकेको छ ।
यो रमाइलो चहलपहललाई अझ रमाइलो बनाउन हामीले हाम्रा ग्राहकहरु समक्ष ल्याएको “टिभिएस दशैंको दौड” प्रति उपभोक्ताहरुले जुन उत्साहजनक रुचीद र्शाउनु भएको छ, त्यसबाट हामी अत्यन्त प्रभावित भएका छौं ।
यसै योजनामातहतको एक रमाइलो दौडलाई हामीले स्वास्थ्यका लागि रमाइलो दौड भन्ने नाराका साथ आयोजना गर्न गैरहेका छौं । हामीलाई विश्वास छ आफ्नो स्वास्थ्यप्रति सजग महानुभावहरुले यो दौडमा सहभागीता जनाउनु भई बडा दशैंको स्वागतमा रमाउनु हुनेछ ।”
रमाइलो दौड नक्साल बालमन्दिरबाट शुरु भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टिभिएस शोरुम नक्सालमा पुगी समापन हुनेछ ।
सबै उमेर सबै समुहका व्यक्तिहरुले भागलिन सक्ने यो खुला रमाइलो दौडमा सहभागी हुने सबैजनालाई स्योर सट छुट स्वरुप एक हजार रुपैयाँ प्रदान गरिनेछ भनें विजेताहरु मध्ये प्रथम हुनेलाई ५० हजार रुपैयाँ त्यस्तै द्वितीय स्थानमा आउनेलाई २५ हजार रुपैयाँ र तृतीय स्थानमा रहनेलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
काठमाडौंमा आयोजना गरिन लागेको रमाइलो दौडमा सहभागी बन्नचाहनेले नक्साल, कुमारीपाटी र टेकूमा रहेको टिभिएस शोरुमहरुमा आफै गई अनलाइन मार्फत् वा दौड शुरु हुने दिन नक्साल बाल मन्दिर मै विहान ६ बजे उपस्थितभएर पनि आफ्नो नामदर्ता गराउन सक्नेछन् ।
अतः स्वास्थ्यका लागि टिभिएस रमाइलो दौडमा सहभागी हुनु हुन सबैमा हार्दिक अनुरोध पनि गरिन्छ ।