साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से घटेको छ । अघिल्लो दिन आठ दशमलव ५० अंकले घटेको नेप्से आज पनि दुई अंकले घटेर २६ सय ४९ दशमलव ५१ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५५ अंकले घटेर चार सय ५७ दशमलव ६८ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय ५९ पटकको कारोबारमा ३९ हजार पाँच सय ४६ पटकको कारोबारमा ७७ लाख २७ हजार छ सय ४९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ९४ करोड ५८ लाख चार हजार पाँच सय ५२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये जलबिद्युत समुहको सुचक दुई दशमलव ४० अंकले बढेर तीन हजार छ सय ८८ दशमलव ३१ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ५८ दशमलव ६३ अंकले बढेर १० हजार आठ सय ७८ दशमलव २७ अंकमा पुगेको छ । यसैगरी होटल तथा पर्यटन, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने आज शुन्य दशमलव ९६ अंकले घटेर १४ सय १६ दशमलव २४ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि १५ दशमलव ७० अंकले घटेर पाँच हजार छ सय ३६ दशमलव ८५ अंकमा झरेको छ । जीवन बीमा समुहकोसुचक पनि सात दशमलव २६ अंकले घटेर १२ हजार एक सय ४७ दशमलव ५० अंकमा झरेकोमा फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्नो रिर्भस लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिका लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने ग्लोवल आईएमई बैंकको ऋणपत्र २०८७ परेको छ ।