नेप्से पुन घटेको छ । अघिल्लो दिन १४ दशमलव ४५ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बिहिबार पनि आठ दशमलव ५० अंकले घटेर २६ सय ५१ दशमलव ५२ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६४ अंकले घटेर चार सय ५८ दशमलव २३ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ३८ वटा कम्पनीहरुको ४६ हजार सात सय ५१ पटकको कारोबारमा ६४ लाख ८० हजार पाँच सय ९९ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम दुई अर्ब ८३ करोड ८२ लाख ७९ हजार चार सय ११ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा उत्पादनमुलक समुहको सुचक १५ दशमलव ५० अंकले बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ७० अंकले घटेर १४ सय १७ दशमलव २० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १५ दशमलव ३९ अंकले घटेर तीन हजार छ सय ८५ दशमलव ९१ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि २७ दशमलव १२ अंकले घटेर १२ हजार एक सय ५४ दशमलव ७६ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ४३ दशमलव ७३ अंकले घटेर १० हजार आठ सय १९ दशमलव ६३ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा टक्सार पिखुवाखोला हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा भुुजुङ हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोपान फर्मास्युटिकल्स लिमिटेड पहिलो स्थानमा परेको छ ।