मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

१४ अंकले घट्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै

बुधबार, असार १० २०८३

नेप्से पुन घटेको छ । अघिल्लो दिन २६ दशमलव १६ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज बुधबार १४ दशमलव ४५ अंकले घटेर २६ सय ६० दशमलव शुन्य दुई अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६० अंकले घटेर चार सय ५८ दशमलव ८८ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ३८ वटा कम्पनीहरुको ७२ हजार नौं सय १७ पटकको कारोबारमा एक करोड सात लाख ७७ हजार पाँच सय ८२ कित्ता शेयर किनबेच भएको छ भने कुल कारोबार रकम चार अर्ब ४१ करोड ८६ लाख सात हजार चार सय ८६ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा फाईनान्स समुहको सुचक चार दशमलव ७२ अंकले बढेर २४ सय ६२ दशमलव ७१ अंकमा पुुगेको छ भने व्यापार समुहको सुचक पनि बढेको छ । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ९६ प्रतिशतले घटेर १४ सय १९ दशमलव ९० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २३ दशमलव ४६ अंकले घटेर तीन हजार सात सय एक दशमलव ३१ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ५७ दशमलव ५० अंकले घटेर १२ हजार एक सय ८१ दशमलव ८९ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ७१ दशमलव शुन्य दुई अंकले घटेर १० हजार आठ सय ६३ दशमलव ३६ अंकमा पुगेको छ । बिकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा टक्सार पिखुवाखोला हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सोपान फर्मासिटिकल्स लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आखुखोला जलबिद्युत कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।