बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सद्धारा सम्वन्धीत बैंकको एटिएम मात्र प्रयोग गर्न आग्रह

बुधबार, भाद्र १८ २०७६

काठमाडौ, भदौ १८ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टक (नेप्स) ले सम्वन्धीत बैंकहरुको एटिएम मेसिन तथा पस मेसिन प्रयोग गर्न आग्रह गरेको छ ।

चिनियाँ ह्याकरहरुले एटिएम मेसिन नै ह्याक गरी बैकहरुबाट रकम तानेपछि नेप्सेले बुुधबार बिज्ञप्ती जारी गर्दे ग्राहकरुलाई उक्त आग्रह गरेको हो । 

नेप्सेको आग्रह अनुसार अब ग्राहकहरुले जुुन बैंकबाट जारी भएको एटिएम कार्ड हो, त्यो कार्ड त्यही बैंकको एटिएम मेसिन वा पस मेसिनमा मात्र कारोवार गर्नेपर्ने छ ।

ह्याकिङका कारण सर्वसाधारणको बैंकहरुमा रहेको निक्षेपमा कुुनै असर नपर्ने भन्दै नेप्सेका कम्पनीको बिश्वसनियताका शंका नर्गन पनि आग्रह गरेको छ ।