शेयर बजार परिसुचक नेप्से सामान्य अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से एक दशमलव ४६ अंकले घटेर २७ दशमलव ६५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १७ अंकले घटेर चार सय ६३ दशमलव ८० अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ५३ वटा कम्पनीहरुको ९० हजार आठ सय ६२ पटकको कारोबारमा ८१ लाख ३८ हजार चार सय ३३ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम चार अर्ब ४४ करोड ६५ लाख २० हजार दुई सय ४७ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा फाईनान्स समुहको सुचक २५ दशमलव शुन्य चार अंकले बढेर २४ सय ९० दशमलव शुन्य छ अंकमा पुगेको छ भने लघुवित्त र व्यापार समुहको सुचक पनि बढेका छन् । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ५१ अंकले घटेर १४ सय ३१ दशमलव शुन्य तीन अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि सात दशमलव ८८ अंकले घटेर तीन हजार सात सय ८६ दशमलव ५९ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ५६ दशमलव २१ अंकले घटेर १२ हजार तीन सय ४४ दशमलव ५१ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि २३ दशमलव ४२ अंकले घटेर ११ हजार ४६ दशमलव ५२ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल बैंक ऋण २०८७ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोपान फर्मास्युटिकल्स लिमिटेड पहिलो स्थानमा परेको छ ।