मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

अन्तर्राष्ट्रिय गणित ओलम्पियाडका लागि ६ नेपाली विद्यार्थी चीन प्रस्थान

सोमबार, असार ८ २०८३

 काठमाडौं । काठमाडौंस्थित दिव्य कलेजले चीनको साङ्घाईमा आगामी जुलाई १० देखि २१ सम्म आयोजना हुने ६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ तथा शुभकामना प्रदान गरेको छ।

नेपाली टोली आइतबार चीनतर्फ प्रस्थान गरिसकेको छ।   कार्यक्रम संयोजक म्याथम्याटिकल एसोसिएसन अफ नेपालका (म्यान) महासचिव छवि ढुङ्गानाका अनुसार वर्दियाका मिसन जोसी, मोरङका युगान्तर कालाखेती, सङ्खुवासभाका प्रसिद्ध थापा, ललितपुरका आयाम आचार्य, पोखराका अरिज पोख्रेल र धादिङका निसान खत्री रहेका छन् ।

२०१७ को ब्राजिल ओलम्पियाडबाट निरन्तर प्रतिस्पर्धा गरिरहेको नेपालको यो १०औं सहभागीता हो। कार्यक्रममा नेपाल सहित करिब १२० देेशका युवा विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

नेपाल सरकार, विज्ञान, प्रविधि तथा नवप्रवर्धन मन्त्रालय, ओलम्पियाड कार्यक्रम सञ्चालन कार्यविधि – २०८२ अन्तर्गत म्याथम्याटिकल एसोसिएसन अफ नेपाल द्वरा संचालीत करिब २५०० बढी प्रतिस्पर्धी विद्यार्थीहरुबाट जिल्ला, प्रदेश हुदै केन्द्रीय चरणका छनौट परीक्षा साथै ६ महिना बढिको तालीम मार्फत अधिराज्य भरबाट ६ जना प्रतिस्पर्धी विद्यार्थीहरु छनौट भएको संंस्थाका अध्यक्ष एवं कन्ट्री लिडर हरि प्रपन्न कँडेलले बताए। विद्यार्थीहरुलाई निरन्तर रुपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको तालिमहरु प्रदान गर्ने साथै यस्ता प्रतिस्पर्धाहरुमा सरकारी निकायहरुबाट सहयोग वृद्धि भएमा स्तरोन्नति गर्न सकिने कँडेलले बताए ।

साङ्घाईमा हुने अन्तिम प्रतिस्पर्धा अघि टोली करिब ७० बढी देश सहभागी हुने यस प्रतियोगिताको तयारीका लागि २१ दीनको बन्द प्रशिक्षणमा सहभागी हुन टोली हिजै वेईझिंग प्रस्थान गरेको हो।उत्कृष्ट नतिजाका लागि टिम तयार रहेको राष्ट्रिय प्रशिक्षक ई. प्रजित अधिकारीले जानकारी दिएका छन् ।

कार्यक्रमको सह नेतृत्व कोषाध्यक्ष नारायण पौडेलले गरेका छन् भने टिम यही जुलाई २३ मा स्वदेश फर्किने कार्यक्रम तय भएको छ।