मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

सामान्य अंकले बढ्यो नेप्से, अंकले बढ्दा चार अर्ब ५३ करोडको शेयर किनबेच

शुक्रबार, असार ५ २०८३

साताको अन्तिम कारोबार दिन आज शुक्रबार भने नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन अघिल्लो दिन पाँच दशमलव शुन्य छ अंकले घटेको नेप्से आज एक दशमलव ६३ अंकले बढेर २७ सय दुई दशमलव ११ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३१ अंकले बढेर चार सय ६३ दशमलव ९८ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ५३ वटा कम्पनीहरुको ६१ हजार एक सय ७० पटकको कारोबारमा एक करोड नौं लाख २२ हजार पाँच सय २५ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब ५३ करोड ४९ लाख ८३ हजार पाँच सय ६८ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा छ वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव शुन्य आठ अंकले घटेर १४ सय ३२ दशमलव ५५ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि सात दशमलव ५६ अंकले घटेर पाँच हजार सात सय २२ दशमलव ५७ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि ३६ दशमलव ७५ अंकले घटेर ११ हजार ६९ दशमलव ९५ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी र अन्य समुहको सुचक पनि घटेका छन् । फाईनान्स समुहको सुचक भने १६ दशमलव १८ अंकले घटेर २४ सय ६५ दशमलव शुन्य एक अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि तीन दशमलव ७१ अंकले घटेर तीन हजार सात सय ९४ दशमलव ४८ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि ४१ अंकले बढेर १२ हजार चार सय दशमलव ७२ अंकमा पुगेकोमा लगानी, उत्पादनमुलक, लघुवित्त र व्यापार समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एपोलो हाईड्रो पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बुंगल हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने ग्लोवल आईएमई बैंकको ऋणपत्र २०८७ परेको छ ।