नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन शुन्य दशमलव शुन्य आठ अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बिहिबार भने पाँच दशमलव शुन्य छ अंकले घटेर २७ सय दशमलव ४७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७७ अंकले घटेर चार सय ६३ दशमलव ६६ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ४७ वटा कम्पनीहरुको ४१ हजार एक सय चार पटकको कारोबारमा ७७ लाख ४३ हजार ३० कित्ता शेयर किनबेच भएको छ भने कारोबार रकम तीन अर्ब ४१ करोड ४८ लाख २३ हजार सात सय ९८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ३३ अंकले बढेर १४ सय ३२ दशमलव ६१ अंकमा चढेकोमा फाईनान्स समुहको सुचक पनि पाँच दशमलव शुन्य छ अंकले बढेर २४ सय ४८ दशमलव ८३ बिन्दुमा चढेको छ । यसैगरी लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन् । यि बाहेक बिकास बैंक समुहको सुचक ३२ दशमलव ४५ अंकले घटेर पाँच हजार सात सय ३० दशमलव १३ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि चार दशमलव ७८ अंंकले घटेर तीन हजार सात सय ९० दशमलव ७६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि १८ दशमलव ३४ अंकले घटेर १२ हजार तीन सय ५९ दशमलव ७२ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ३४ दशमलव १३ अंकले घटेर ११ हजार एक सय छ दशमलव ७० अंकमा पुगेको छ । होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एपोलो हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा स्थानमा प्रभु बैंकको ऋणपत्र २०८४ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आखुखोला जलबिद्युत कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।