नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन छ दशमलव ३१ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज बुधबार शुन्य दशमलव शुन्य आठ अंकले बढेर २७ सय पाँच दशमलव ५३ अंकमा पुगेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव २० अंकले घटेर चार सय ६४ दशमलव ४३ अंकमा पुगेको छ ।
नेप्सेमा आज तीन सय ५२ वटा कम्पनीहरुको ४४ हजार पाँच सय ४२ पटकको कारोबारमा ८३ लाख ७५ हजार चार सय ७१ कित्ता खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ६३ करोड ७५ लाख ८९ हजार १० रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बिकास बैंक समुहको सुचक शुन्य दशमलव ४६ अंकले बढेर पाँच हजार सात सय ६२ दशमलव ५९ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ११ दशमलव ५४ अंकले बढेर तीन हजार सात सय ९५ दशमलव ५४ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, लगानी र उत्पादनमुलक समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ६८ अंकले घटेर १४ सय ३२ दशमलव २७ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि आठ दशमलव ८५ अंकले घटेर १२ हजार तीन सय ७८ दशमलव शुन्य सात अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ६२ दशमलव ५० अंकले घटेर ११ हजार एक सय ४० दशमलव ८४ अंकमा पुगेको छ भने होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेकाछन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सोपान फर्मास्युटिकल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनएमबी बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेड परेको छ ।