मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

फेरि घट्यो नेप्से, छ अंकले घट्दा चार अर्ब चार करोडको कारोबार

मंगलबार, असार २ २०८३

नेप्से पुन घटेको छ । अघिल्लो दिन १२ दशमलव २६ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन मंगलबार पनि छ दशमलव ३१ अंकले घटेर २७ सय पाँच दशमलव ४५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४८ अंकले घटेर चार सय ६४ दशमलव ६४ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ३५ वटा कम्पनीहरुको ४८ हजार एक सय १६ पटकको कारोबारमा एक करोड सात लाख आठ हजार पाँच सय ९६ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम चार अर्ब चार करोड ७८ लाख ५८ हजार ८४ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा व्यापार समुहको सुचक १० दशमलव ५६ अंकले बढेर तीन हजार तीन सय ७८ दशमलव ४३ अंकमा पुगेको छ भने सामुहिक लगानी कोष समुहको सुचन पनि बढेको छ । बाँणिज्य समुहको सुचक चार दशमलव ६८ अंकले घटेर १४ सय ३४ दशमलव ९५ अंकमा पुुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १० दशमलव ८५ अंकले घटेर तीन हजार सात सय ८४ अंंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि २४ दशमलव ९५ अंकले घटेर १२ हजार तीन सय ८६ दशमलव ९३ अंकमा पुगेको छ भनचे निर्जीवन बीमा समुहको सुचक पनि ४५ दशमलव ७१ अंंकले घटेर ११ हजार दुई सय तीन दशमलव ३४ अंकमा अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सोपान फर्मास्टिकल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सयपत्री हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आखुखोला जलबिद्युत कम्पनी लिमिटेड परेको छ ।