साताको पहिलो कारोबार दिन सोमबार नैं नेप्से खुम्चिएको छ । नेप्से आज १२ दशमलव २६ अंकले घटेर २७ सय ११ दशमलव ७६ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९६ अंकले घटेर चार सय ६६ दशमलव १३ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय ५० वटा कम्पनीहरुको ५१ हजार सात सय दुई पटकको कारोबारमा एक करोड सात लाख ३९ हजार नौं सय ९८ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम चार अर्ब ४१ करोड २० लाख ४८ हजार छ सय नौं रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा उत्पादनमुलक समुहको सुचक १२ दशमलव ८५ अंकले बढेर ११ हजार आठ दशमलव ४३ अंकमा पुगेकोमा बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ३३ अंकले घटेर १४ सय ३९ दशमलव ६४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १८ दशमलव ८४ अंकले घटेर तीन हजार सात सय ९४ दशमलव ८६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ३६ दशमलव १८ अंकले घटेर १२ हजार चार सय सात दशमलव २३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय तीन दशमलव ८२ अंकले घटेर ११ हजार दुई सय ४९ दशमलव शुन्य पाँच अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लथानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सोपान फर्मास्युटिकल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्रीन डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आखुखोला जलबिद्युत कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।