साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से घटेर रोकिएको छ । अघिल्लो दिन आठ दशमलव १४ अंकले घटेको नेप्से आज पनि चार अंकले घटेर २७ सय २४ दशमलव शुन्य तीन अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५३ अंकले घटेर चार सय ६७ दशमलव शुन्य नौ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय ४२ वटा कम्पनीहरुको ५४ हजार एक सय ७७ पटकको कारोबारमा ९८ लाख ५६ हजार पाँच सय २५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ३४ करोड १० लाख ९४ हाजार सात सय ६४ रुपैैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेको छ । जसमध्ये निर्जीवन बीमा समुहको सुचक ३७ दशमलव ८३ अंकले बढेर ११ हजार तीन सय ५० दशमलव १० अंकमा पुगेको छ भने सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ८५ अंकले घटेर १४ सय ३९ दशमलव ९७ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि नौं दशमलव १७ अंकले घटेर पाँच हजार आठ सय १६ दशमलव ८३ अंकमा झरेको छ । यि बाहेक फाईनान्स, होटल तथा पर्यटन, जलबिद्युत, लगानी, जीवन बीमा, उत्पादमुलक र लघुवित्त समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सोपान फर्मास्युटिकल्स लिमिटेड परेको छ भने बढी गुगाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिञ्चोक हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सेन्ट्रल फाईनान्स लिमिटेड पहिलो स्थानमा परेको छ ।