नेप्से पुन घटेको छ । अघिल्लो दिन दुई दशमलव ५७ अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बिहिबार भने आठ दशमलव १४ अंकले घटेर २७ सय २८ दशमलव शुन्य तीन अंकमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य नौं अंकले घटेर चार सय ६७ दशमलव ६२ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय ५० वटा कम्पनीहरुको ५८ हजार तीन सय ९१ पटकको कारोबारमा ९१ लाख लाख ३१ हजार दुई सय १६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ९० करोड ६२ लाख ४४ हजार आठ सय ९४ रुपैंयाँको शेयर किनबेच भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा दुई वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये होटल तथा पर्यटन समुहको सुचक ३६ दशमलव ९२ अंकले बढेर सात हजार सात सय ९२ दशमलव २३ अंकमा चढेकोमा उत्पादनमुलक समुहको सुचक पनि बढेको छ । बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ७३ अंकले घटेर १४ सय ४१ दशमलव ८३ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि सात दशमलव शुन्य तीन अंकले घटेर तीन हजार आठ सय २३ दशमलव ५१ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि २७ दशमलव ४७ अंकले घटेर १२ हजार चार सय ६७ दशमलव ७८ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि २० दशमलव ३७ अंकले घटेर ११ हजार तीन सय १२ दशमलव ३७ अंकमा झरेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सोपान फर्मास्युटिकल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सप्तकोशी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिटी होटल लिमिटेड परेको छ ।