बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेप्सेमा सामान्य अंकले सुधार, दुई दशमलव ५७ अंकले बढ्दा चार अर्ब २९ करोडको शेयर किनबेच

बुधबार, जेष्ठ २७ २०८३

नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन एक दशमलव ५४ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार दुई दशमलव ५७ अंकले बढेर २७ सय ३६ दशमलव १७ अंकमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ३७ अंकले घटेर चार सय ६८ दशमलव ७२ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय ५६ वटा कम्पनीहरुको ४९ हजार दुई सय ४८ पटकको कारोबारमा ९२ लाख ८३ हजार तीन सय २६ कित्ता कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब २९ करोड ७४ लाख ६४ हजार तीन सय २७ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा छ वटा समुहहरुको सुचक बढेको छ भने छ वटाको घटेको छ । आज बाँणिज्य बैंक समुहको सुचक भने स्थिर देखिएको छ । नेप्सेमा आज बिकास बैंक समुहको सुचक १२ दशमलव ४३ अंकले बढेर पाँच हजार आठ सय ५५ दशमलव ९७ अंकमा चढेकोमा फाईनान्स, जलबिद्युत, होटल तथा पर्यटन, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक बढेका छन् । जीवन बीमा समुहको सुचक भने ४० दशमलव ७५ अंकले घटेर १२ हजार चार सय ९५ दशमलव २५ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि २८ दशमलव ३४ अंकले घटेर ११ हजार तीन सय ३२ दशमलव ६४ अंकमा पुगेको छ । लगानी, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिञ्चोक हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा प्रभु बैंकको ऋणपत्र २०८६ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आखुखोला जलबिद्युत कम्पनी लिमिटेड परेको छ ।