नेप्से सामान्य अंकले घटेको छ । अघिल्लो दिन २० दशमलव २७ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज मंगलबार पुन एक दशमलव ५४ अंकले घटेर २७ सय ३३ दशमलव ५९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव २९ अंकले घटेर चार सय ६९ दशमलव शुन्य सात अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ५७ वटा कम्पनीहरुको ६३ हजार सात सय ३२ पटकको कारोबारमा एक करोड २३ लाख ८२ हजार १७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ४४ करोड ३१ लाख ९० हजार दुई सय ९१ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये जलबिद्युत समुहको सुचक शुन्य दशमलव ५३ अंकले बढेर तीन हजार आठ सय पाँच दशमलव ४९ अंकमा पुगेको छ भने होटल तथा पर्यटन, उत्पादनमुलक र अन्य समुहको सुचक पनि बढेकाछन् । बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव शुन्य तीन अंकले घटेर १४ सय ४५ दशमलव ५६ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ४७ दशमलव ३५ अंकले घटेर १२ हजार पाँच सय ३५ दशमलव ९८ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ५३ दशमलव ६० अंकले घटेर ११ हजार तीन सय ५४ दशमलव ३८ अंकमा पुगेको छ भने बिकास बैंक, फाईनान्स, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सोपान फर्मास्युटिकल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा क्रेष्ट माईक्रो लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने कृषि बिकास बैंकको ऋणपत्र पहिलो स्थानमा परेको छ ।