काठमाडौँ । भारतको अर्थतन्त्रले आर्थिक वर्ष २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) मा ७.७ प्रतिशतको रियल कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ।
सरकारी तथ्याङ्कअनुसार यो वृद्धि अघिल्लो आर्थिक वर्ष २०२४–२५ को ७.१ प्रतिशतको तुलनामा बढी हो। मध्यपूर्वमा जारी संकटका बाबजुद भारतीय अर्थतन्त्रले सुदृढ उत्थानशीलता प्रदर्शन गरेको उल्लेख गरिएको छ।
तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार जनवरी–मार्च अवधिमा भारतको रियल जिडिपी वृद्धिदर ७.८ प्रतिशत पुगेको छ।
मन्त्रालयका अनुसार कृषि तथा मत्स्यपालन क्षेत्रको सकारात्मक प्रदर्शनका कारण प्राथमिक क्षेत्रमा ३.२ प्रतिशतको वृद्धि देखिएको छ। त्यस्तै उत्पादन (म्यानुफ्याक्चरिङ), व्यापार, होटल, यातायात, सञ्चार तथा प्रसारण सेवा तथा घरजग्गा (रियल इस्टेट) क्षेत्रले गत आर्थिक वर्षमा दोहोरो अंकको वृद्धि हासिल गरेका छन्।