बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेकपाका कार्यकर्ताले कुटे रजिष्टार

बिहिबार, भाद्र १२ २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी राष्ट्रियसभा सांसद् अनिता देवकोटाले सत्तासीन पार्टीका कार्यकर्ताले राप्ती प्रतिष्ठानका रजिस्ट्रारमाथि आक्रमण गरेको आरोप लगाएकी छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद् देवकोटाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेलमाथि बुधबार कार्यस्थलमै गएर हातपात गर्ने सत्तारूढ पार्टी नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता भएको दाबी गरेकी हुन् । 

‘सत्तासीन पार्टीकै कार्यकर्ताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेलमाथि बुधबार कार्यस्थलमा नै गएर हातपात गरेका छन्। घटनाप्रति घोर विरोध र भत्र्सना गर्दछु,’ सांसद् देवकोटाले खेद प्रकट गरिन ्।
सांसद अनिता देवकोटाले कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी दिएर पनि प्रधानमन्त्रीले सिंगापुरबाटै भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गरेर सरकारले शक्ति र पदको दुरुपयोग गरेको समेत टिप्पणी गरेकी थिइन् ।