बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्री ओलीलाई ७ पटक प्लाज्माफेरेसिस गरिने

बिहिबार, भाद्र १२ २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा देखिएको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’को उपचारअन्तर्गत ‘प्लाज्माफेरेसिस’ प्रक्रिया ७ पटक गरिने भएको छ ।

बिहीबार सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको शुक्रबारदेखि नेसनल युनिभर्सिटी अस्पतालमा दिन बिराएर प्लाज्माफेरेसिस थालिएको हो । 

हालसम्म उनको शुक्रबार र आइतबार गरी दुई पटक प्लाज्माफेरेसिस भइसकेको छ । मंगलबार फेरि गरिदैँ छ ।

सिंगापुरबाट प्राप्त जानकारीअनुसार उनको शरीरका लागि अवश्यक भिन्‍न प्रकारको एन्टिबडी देखिएपछि यो प्रक्रिया अपनाइएको हो।

यस अघि साउन १८ देखि २७ गतेसम्म सोही अस्पतालमा प्रधानमन्त्रीको परीक्षणसँगै विभिन्न औषधिसमेत चलाएको थियो । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो।