मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

झिनो अंकले बढ्यो नेप्से, झण्डै तीन अंकले बढ्दा पाँच अर्ब ७३ करोडको शेयर किनबेच

बुधबार, जेष्ठ २० २०८३

काठमाडौं । नेप्सेको उकालो यात्राले साताको तेस्रो कारोबार दिन आज बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २२ दशमलव २१ अंकले उकालो लागेको नेप्से आज भने दुई दशमलव ६६ अंकले बढेर २७ सय ८० दशमलव २५ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नैै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९३ अंकले बढेर चार सय ७५ दशमलव ४४ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ४७ वटा कम्पनीहरुको ६२ हजार एक सय ४८ पटकको कारोबारमा एक करोड ३५ लाख २१ हजार छ सय १९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ७३ करोड ८१ लाख ७८ हजार एक सय ६५ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा छ वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ९३ अंकले घटेर १४ सय ५९ दशमलव २७ अंकम झरेकोमा जलबिद्युत समुहको सुचक पनि चार दशमलव ५० अंकले घटेर तीन हजार आठ सय ९० दशमलव ४१ अंकमा झरेको छ ।

यसैगरी फाईनान्स, लगानी, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् । बिकास बैंक समुहको सुचक भने ३९ दशमलव २८ अंकले बढेर पाँच हजार नौं सय ४१ दशमलव ५२ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि दुई सय १७ दशमलव ४० अंकले बढेर १२ हजार सात सय ६८ दशमलव २७ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि तीन सय ८० दशमलव १६ अंकले बढेर ११ हजार छ सय ३७ दशमलव ८९ अंकमा पुगेको छ भने भने होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिञ्चोक हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आखुखोला जलबिद्युत कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।