मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

बजेटपछिको पहिलो दिनको शेयर बजार

झण्डै २७ अंकले घट्यो नेप्से, पाँच अर्ब ६१ करोडको शेयर किनबेच

सोमबार, जेष्ठ १८ २०८३

काठमाडौं । सरकारले शुक्रबार आगामी आर्थिक बर्षको लागि बजेट घोषणा गरेपछि आज सोमबार पहिलो दिन खुलेको नेप्से घटेको छ । बजेट शेयर बजार सुधारका लागि गरिएका नीतिगत घोषणाहरुको बावजुत पनि बजेटप्रति लगानीकर्ताहरु ढुक्क हुन नसक्दा नेप्से घटेको हो । सो अनुसार नेप्से २६ दशमलव २७ अंकले घटेर २७ सय ५५ दशमलव ३७ अंकमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७८ अंकले घटेर चार सय ७० दशमलव ७२ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय ४९ वटा कम्पनीहरुको ६३ हजार सात सय १९ पटकको कारोबारमा एक करोड ३३ लाख ८३ हजार आठ सय १६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ६१ करोड ४३ लाख ७४ हजार नौं सय २८ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा दुई वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक उच्च अंकले घटेका छन् । जसमध्ये निर्जीवन बीमा समुहको सुचक एक सय ५० दशमलव ९२ अंकले बढेर ११ हजार एक सय ४३ दशमलव ५५ अंकमा चढेकोमा अन्य समुहको सुचक पनि बढेको छ । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक भने १४ दशमलव ६० अंकले घटेर १४ सय ५५ दशमलव २० अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ७८ दशमलव १६ अंकले घटेर तीन हजार आठ सय ७१ दशमलव शुन्य दुई अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय दशमलव २१ अंकले घटेर १२ हजार पाँच सय १५ दशमलव ८७ अंकमा झरेकोमा बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बुंगल हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आखुखोला जलबिद्युत कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ