काठमाडौं । शेयर बजारमा करेक्सन देखिएको छ । अघिल्लो दिन नौं दशमलव २४ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज बुधबार चार दशमलव ९९ अंकले बढेर २७ सय ८२ दशमलव १० अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २१ अंकले बढेर चार सय ७५ दशमलव ५१ अंकमा चढेको छ । तीन सय ५४ वटा कम्पनीहरुको ६० हजार पाँच सय ६२ पटकको कारोबारमा एक करोड ५२ लाख ४९ हजार सात सय १२ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम छ अर्ब तीन करोड ६४ हजार आठ सय ४० रुपैंयाँ पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा चार वटा समुहहरुको सुचक घटेपनि बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये फाईनान्स समुहको सुचक नौं दशमलव १६ अंकले घटेर २३ सय ८५ दशमलव ३५ अंकमा झरेकोमा होटल तथा पर्यटन, उत्पादनमुलक र अन्य समुहको सुचक पनि घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक चार दशमलव शुन्य दुई अंकले बढेर १४ सय ६९ दशमलव ८५ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि दुई दशमलव ४० अंकले बढेर तीन हजार नौं सय ४९ दशमलव १९ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ८६ दशमलव १३ अंकले बढेर १२ हजार छ सय १६ दशमलव शुन्य नौं अंकमा पुगेको छ भनचे निर्जीवन बीमा समुहको सुचक पनि ५९ दशमलव २३ अंकले बढेर १० हजार नौं सय ९२ दशमलव ६३ अंकमा पुगेको छ । बिकास बैंक, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिञ्चोक हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सानिमा बैंकको ऋणपत्र २०८९ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आखुखोला जलबिद्युत कम्पनी लिमिटेड परेको छ।